रुपाका ३ वडामा एमाले र १ मा कांग्रेस विजयी

पोखरा ।
स्थानीय तहको निर्वाचनमा कास्कीको रुपा गाउँ पालिकाका ३ वडामा नेकपा (एमाले) का वडा अध्यक्षसहित सबै वडा सदस्य निर्वाचित भएका छन् । रुपाको १ वडामा नेपाली कांग्रेसका वडा अध्यक्षसहित वडा सदस्य निर्वाचित भएको मतदान अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिए ।
रुपा वडा नम्बर २ को अध्यक्षमा नेकपा (एमाले)का राजन सुवेदी ५ सय २१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुप्रसाद ओझा ३ सय ६० मत ल्याएर पराजित भएका छन् । वडा नम्बर ३ को अध्यक्षमा नेकपा (एमाले)का दीपेन्द्र गौतम ४ सय ९२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतबहादुर खत्रीले ४ सय २८ मत ल्याएर पराजित छन् ।
रुपा वडा नम्बर ४ को अध्यक्षमा मुकुन्द वंशी ५ सय ८९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन सेन ठकुरीले ४ सय ११ मत पाएको मतदान अधिकृत सुवेदीले जानकारी दिए । रुपा गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर गोदार ७ सय ७९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शिव खनाल ३ सय ६२ मत ल्याएर पराजित भएका छन् ।







गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया