बागलुङको ४५ वडाको मतपरिणाम

बागलुङ ।
बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस, १३ मा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ७, नेकपा एमालेले ६ र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।
गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ जसमध्ये गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् भने गलकोटको ११ नं वडामामात्रै एमाले विजयी भएको छ ।
गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उपप्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित भएका छन् । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । कांग्रेस २, ३, ४, ५, ८,९ र १० नं मा विजयी भएको छ भने माओवादीले ६ र ७, राष्ट्रिय जनमोर्चाले १ र ११ नं वडा नेकपा एमालेले जितेको छ ।
तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हीराकुमारी छन्त्याल विजयी भएकी छन् । ६ वडाको तमानखोलामा १, २, ४ मा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी भएका छ् । पाँच वडाको ताराखोलामा सबै वडा माओवादीले जितेको छ ।
ढोरपाटन नगरपालिकामा मतगणना चलिरहँदा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हालसम्म चार वडाको मतपरिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नं वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।
निसीखोला गाउँपालिकाको सातमध्ये चार वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नं वडा कांग्रेस, २ नं वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ । बडिगाड गाउँपालिकामा हालसम्म दुई वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।
१० वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जितेको छ । काठेखोला गाउँपालिकाको ३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८ वडा रहेको गाउँपालिकामा १ नं मा कांग्रेस, २ र ३ नं वडामा एमाले विजयी भएको छ । जम्मा १४ वडा रहेको बागलुङ नगरपालिकामा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा कांग्रेस, २ नं नेकपा (एकिकृत समाजवादी) विजयी भएको छ । यस्तै १० वडाको जैमिनी नगरपालिकामा हालसम्म तीन वडाको मतपरिणाम आएको छ । जसमध्ये वडा नं ९ मा एमाले, १० मा राजमो र ८ मा कांग्रेस विजयी भएको छ ।
५ वडा रहेको बरेङ गाउँपाकिलामा हालसम्म तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नंमा कांग्रेस र १ र २ नं वडामा राजमोले जितेको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया