४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

पाेखरा ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ ।
यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ । एकीकृत समाजवादी ले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन् । नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ ।
यो समाचार तयार पार्दासम्म कांग्रेस एक हजार ७१ वडामा विजयी भएको छ । कांग्रेसका तर्फबाट एक हजार ६६ महिला सदस्य, एक हजार ३२ दलित महिला सदस्य र दुई हजार १२० वडा सदस्य विजयी भएका छन् । यस्तै एमाले ८२१ वडामा विजयी भएको छ । एमालेले ८८३ महिला सदस्य, ८६४ दलित महिला सदस्य र एक हजार ७७९ वडा सदस्य जितेको छ ।
यसैगरी माओवादी केन्द्रले ४५८ वडामा जित हासिल गरेको छ । माओवादीका तर्फबाट ४३० महिला सदस्य, ४५८ दलित महिला सदस्य र ८०४ वडा सदस्य निर्वाचित भएका छन् । एकीकृत समाजवादीले ६७ वडामा जित हासिल गरेको छ । अन्य दल र स्वतन्त्रका तर्फबाट १७८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया