बारपाक सुलिकोटमा माओवादी केन्द्र निर्वाचित
समाधान संवाददाता
२०७९ जेठ २ गते १५:२३

गोरखा ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याए । भट्ट दोस्रो कार्यकालयका लागि पुन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादीबाट सनमाया गुरुङ ५ हजार ७६५ मत ल्याएर निर्वाचित भएकी छिन् ।
उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् । गुरुङ दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
सम्बन्धित







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया