बागलुङको गलकोटमा प्रमुखमा गैरे उपप्रमुखमा निउरे निर्वाचित

समाधान संवाददाता २०७९ जेठ २ गते १७:५३

गल्कोट ।
गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरे निर्वाचित भएका छन् । निर्वाचित भएर एक कार्यकाल सम्हालेका मेयर गैरे गठबन्धन कांग्रेसबाट मेयर उम्मेदवार दोहोरिएका हुन् ।

भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित बिजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्ण बहादुर काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरेका छन् ।

उपप्रमखुमा माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन् । निउरेले ६ हजार ३९ मत सहित भारि मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्प्रस्र्धी नेकपा एमालेकी रुपा बिकले ३ हजार ५७ मत प्राप्त गरेकी छन् ।

Advertisement

पालिकाका सबै वडामा मतगणना सम्पन्न भएको छ । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक सबै वडामा गठबन्धका दलले विजयी प्राप्त गरेका छ । वडा नम्बर ६ मा माओवादी र वडा नम्बर १० मा कांग्रेसको प्यालन नै विजयी भएको छ ।
पालिकाको नगर प्रमुख स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेले ३ हजार २ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टिका डम्मर बहादुर केसीले ६२ र स्वतन्त्र उम्मेद्वार दिपेन्द्र साहनीले ४० मत प्राप्त गरेका छन् । पालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तिल बहादुर केसीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।

वडा नम्वर १ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना, वडा नम्वर २ मा कांग्रेसका हिम बहादुर भण्डारी, वडा नम्वर ३ मा कांग्रेसका फम बहादुर खत्री, वडा नम्वर ४ मा कांग्रेसका बल बहादुर खत्री, वडा नम्वर ५ मा कांग्रेसका पवन हमाल, वडा नम्वर ६ मा माओवादी केन्द्रका राम प्रसाद कडेंल, वडा नम्वर ७ मा नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्वर ८ मा कांग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्वर ९ मा कांग्रेसका तेज बहादुर थापा, वडा नम्वर १० मा कांग्रेसका भक्त बहादुर काउचा, वडा नम्वर ११ मा एमालेका डम्मर बहादुर श्रीस वडाध्यक्ष निर्वाचित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया