लमजुङको दोर्दी गाउँपालिकामा अध्यक्षमा एमाले उपअध्यक्षमा कांग्रेस

समाधान संवाददाता २०७९ जेठ ३ गते १५:५०

लमजुङ ।
लमजुङको दोर्दी गाउँपालिकाको अध्यक्षमा एमालेका युवराज अधिकारी र उपाध्यक्षमा कांग्रेसका बृक्षबहादुर घले निर्बाचित भएका छ्न । अधिकारीले ४ हजार ७ सय ३८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लालबहादुर गुरुङले ४ हजार ६ सय ५१ मत प्राप्त गरे ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा काग्रेसका बृक्षबहादुर घले विजयी भएका छन । उनले ४ हजार ९ सय ५८ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी एमालेकी उषा गुरुङले ४ हजार १ सय ९० मत प्राप्त गरि उपाध्यक्षमा पराजित भइन। दोर्दी गाउँपालिकाको ९ वडामध्ये वडा नं १ र ५ मा काग्रेस विजयी भएको छ । वडा नं २,४, ६, ७ र ८ मा एमाले बिजयी भएको छ । दोर्दी ९ मा माओवादीले जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया