लमजुङको सुन्दरबजारमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले
समाधान संवाददाता
२०७९ जेठ ३ गते १६:१७
लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । गएराति सम्पन्न मतगणना परिणाम अनुसार ६०५ मत बढी ल्याउँदै कोइराला विजयी भएका हुन् ।
उनले ६ हजार ६४१ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा एमालेकी भवानी केसी विजयी भएकी छन् । उनले पाँच हजार १८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे भने स्वतन्त्रका द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत प्राप्त गरेका छन् ।
नगरपालिकामा कूल मतदाता २० हजार ७९६ रहेको छ जसमा ९ हजार ९२७ पुरुष र १० हजार ८६९ महिला रहेका छन् । नगरपालिकामा ११ वडा छन् । निर्वाचनमा १४ हजार ५२ मत खसेको थियो ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया