देवीजंगलाई महेन्द्रले हाँसीहाँसी लगाइदिए फूलमाला, दिए बधाई

समाधान संवाददाता २०७९ जेठ ३ गते २०:२६

कास्कीको मादी गाउँपालिका अध्यक्षमा पराजित एमाले उम्मेदवार महेन्द्र गुरुङले विजेता कांग्रेस उम्मेदवार देवीजंग गुरुङलाई बधाई दिएका छन् ।

गाउँपालिका केन्द्रमा महेन्द्रले देवीजंगलाई हाँसीहाँसी फूलमाला लगाइदिँदै बधाई दिएका हुन् ।

मादी अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ ६५८४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका महेन्द्र गुरुङले ५७५० मत ल्याए । उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भइन् । उनीसँग माओवादीका लालबहादुर गुरुङ पराजित भएका हुन् ।

Advertisement

महेन्द्रले परिणाम सार्वजनिक भएपछि फेसबुक स्टाटस लेखेर मतदाता र विजेता सबैलाई बधाई र धन्यवाद दिएका छन् । उनले लेखेका छन्:

Advertisement

सम्पूर्ण मादीका आदरणीय मतदाताहरू प्रति हार्दिक अभिवादन नमस्कार? २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा सूर्य चिन्हमा मतदान गर्नु भएका मतदाताहरू प्रति हार्दिक आभार ब्यक्त गर्दछु । सूर्य चिन्हमा मतदान गर्न नसक्नु भएकाहरूले मत नै नदिएता पनि मन दिनुभएको छ आशीर्वाद दिनुभएको छ। सम्पुर्ण मादीवासी प्रति पनि हार्दिक आभार ब्यक्त गर्दछु । मादीका आम जनताहरू प्रति चुनावमा बिजयाको नतिजा (परिणाम) नआएतापनि हर दुःख मा हजुर हरूको साथमा रहनेछु । जुन सुकै समयमा पनि तपाईहरूको साथमा मेरो साथ रहने छ।

मलाई तपाईहरुको यो अमुल्य मत को ऋणी भएको छु। यो अमुल्य मत र मन को लागि आभारी छु। मलाई पक्कै पनि आसा छ कि यहाहरूको भावनालाई कदर गर्दै यो गुन तिर्ने अवसर आगामी दिनहरूमा दिनुहुनेछ भन्ने पूर्ण आशा छ । म बाट भएका कमीकमजोरीबाट गम्भीर शिक्षा लिँदै यहाँहरू प्रति हार्दिक नमन गर्दछु। साथै विभिन्न खाले षड्यन्त्र र धम्कीका वावजुद पनि सूर्य चिन्हमा मतदान गर्नुहुने सम्पूर्ण वा आमा दाजुभाइ दिदी बहिनीहरुप्रति हार्दिक सम्मान गर्दछु । कमीकमजोरीबाट गम्भीर शिक्षा लिँदै ऊच्च साहस र नयाँ शैलीबाट अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। मेरो चुनावी अभियानमा अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्ति,नेता ज्यूहरू,कार्यकर्ताहरू,समर्थकहरू शुभेच्छुकहरू प्रति ऊच्च आदर गर्दछु।

तपाईको प्रतिक्रिया