बागलुङको जैमिनी नगरप्रमुखमा जनमोर्चा, उपप्रमुखमा कांग्रेस विजयी

समाधान संवाददाता २०७९ जेठ ४ गते १०:५२

बागलुङ ।
बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् । पुनले आठ हजार ७५५ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार नेकपा एमालेका लीला रानाले दुई हजार ८७३ मत प्राप्त गरेका छन् । पुनले रानालाई पाँच हजार ८८२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

Advertisement

नगर उपप्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्माले विजयी भएका छन् । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा एमालेका उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरिन् ।

तपाईको प्रतिक्रिया