२ वडामा कांग्रेस प्यानलसहित विजयी

पोखरा l
पोखराका ३३ वडामध्ये मंगलबार २ वडाको मतगणना सकिएको छ । पोखरा ३ मा प्रकाशमान उदास वडाध्यक्षमा निर्वाचित भएका छन् । उदास १ हजार २ सय २४ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ख्वाउजूले ६ सय १६ मत पाए ।
पोखरा ३ मा वडा सदस्यमा नविल आलेमगर, सनकमान सिके, शान्तिदवी पराजुली र सवि परियार चुनिएका छन् । वडा नम्बर ४ मा पनि कांग्रेस उम्मेदवार देवकृष्ण पराजुलीको नेतृत्वमा प्यानलै निर्वाचित भएको छ । पराजुलीले ८ सय २० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका मदनकुमार मुल्मीले ७ सय ५४ मत पाएका छन् । कांग्रेसबाट प्रकाश कोइराला, सञ्जय रानाभाट, पर्वती श्रेष्ठ माकाजू र विष्णुमाया परियार सदस्य चुनिएका छन् ।
सोमबार १, २, १२ र २३ नम्बर वडाको मत सार्वजनिक भएको थियो । मंगलबार रातिसमम मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले ११ हजार ८ सय १२ मत पाउँदा एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटअघि छिन् ।
रानाभाटले १२ हजार १ सय ३० मत पाएकी छिन् भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ११ हजार ४ सय ८३ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६ सय ६९ र राप्रपाका उम्मेदवारले १ हजार २ सय ७१ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको छ ।
एमाले उम्मेदवार सहारा प्रधान वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग, वडा नम्बर १२ मा पनि कांग्रेसका सन्तोष बास्तोला, पोखरा २३ को वडाध्यक्षमा कांग्रेसका रामकाजी गुरुङ विजयी भएका छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया