गोरखा नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा कांग्रेस

समाधान संवाददाता २०७९ जेठ ४ गते १६:१०

गोरखा ।
गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर पुन विजयी वनेकी छिन् । १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् । ८ हजार ९ सय ६४ मत ल्याएर राना विजयी बने ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उमेदवार बनेका राजनराज पन्त ७ हजार १ सय ८ मत ल्याएर पराजित बने । २०७४ को निर्वाचनमा पनि राना र पन्त प्रतिस्पर्धी थिए । २०७४ को निर्वाचनमा गोरखा नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

त्यस्तै उपमेयरमा विजेता बनेकी थोकरले ७ हजार ४ सय ५३ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसप का नारायण खत्रीले ६ हजार ७ सय १८ मत ल्याएर पराजित बने । गोरखा नगरपालिकामा माओवादी र जसपाबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएको थियो ।

Advertisement

१४ वडा रहेको गोरखा नगरपालिकामा १, २, ९, १०, १२ र १३ नम्वर वडा कांग्रेस, वडा नम्वर ४, ७, ८, ११ र १४ नम्वर वडा माओवादीले जितेको छ । वडा नम्वर ३ र ५ नम्वर वडामा नेकपा एमाले तथा वडा नम्वर ६ मा स्वतन्त्रबाट उमेदवारी दिएका वडा अध्यक्ष विजयी भएका छन्

Advertisement

तपाईको प्रतिक्रिया