स्थानीय तह
वडाको काम घरदैलोमै पुर्याउने लोमान्थाङ ३ वडाको निर्णय

जोमसोम–स्थानीय तह सदस्य निर्वाचनमा बिजयी भएका लोमान्थाङ गाउँपालिकाका ३ जना वडाध्यक्षले वडाको काम घरदैलोसम्म पुर्याउने पहिलो निर्णय गरेका छन् ।
बुधबार लोमान्थाङ गाउँपालिका ५ वटै वडामा भएको पदबहाली गर्ने क्रममा लोमान्थाङ २ का वडाध्यक्ष कर्मानाम्गेल गुरुङ,वडा ३ का वडाध्यक्ष आङजेन गुरुङ र वडा ४ का वडाध्यक्ष छिरिङ धोन्डुप गुरुङले असाहाय,अपाङ्ता र जेष्ठ नागरिकहरुको सुविधाका लागि वडाको सम्पूर्ण काम उनीहरुको घरदैलोमा पू¥याउने निर्णय गरेका हुन् ।
भौगालिक रुपले विकट उपल्लो मुस्ताङमा असाहाय,अपाङ्गता र जेष्ठ नागरिकलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन अप्ठेरो पर्ने भएकाले वडाले नै जनताको घरदैलो पुगेर सबै काम गर्ने लोमान्थाङ–२ का वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले उल्लेख गरे ।
यस्तै,मंगलबार लोमान्थाङ गाउँपालिकाका लागि निर्वाचित अध्यक्ष टसबी नर्बु गुरुङ र उपाध्यक्ष छयुमी बिष्ट गुरुङले पदभार ग्रहण गरे ।उनीहरुले निर्वाचनको बेला जनतासंग गरिएका प्रतिवद्धता पूरा गर्न आफुहरु समर्पित भएर लाग्ने बताएका छन् ।
पालिका अध्यक्ष गुरुङले भने,‘जनता सर्वेसर्वा भगवान हुन् । भगवान मन्दिरमा रहने रहन्छन् । हामी त्यही मन्दिरमा बाँस बसिसकेका छौ । अबको ५ वर्षीय कार्यकाल त्यही मन्दिरमा पुजारी भई पुजापाठमा बिताउँछौं ।’






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया