बागलुङको काठेखोलामा अध्यक्षमा काँग्रेस विजयी

बागलुङ l
बागलुङको काठेखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु थापा विजयी भएका छन् । थापाले ७ हजार ७५१ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका डिलबहादुर कार्कीले ६ हजार ३७६ मत प्राप्त गरे । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा निर्वाचित भएका छन् । थापाले ६ हजार ७१२ मत प्राप्त गर्दा नेकपा एमालेकी कोपिला कुमारी पुनले ६ हजार ४४८ मत प्राप्त गरिन ।
गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत सहित विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका विद्यापति शर्मा १ हजार ३० मत सहित विजयी भएका छन् ।
वडा नम्बर ३ मा नेकपा एमालेका कुलबहादुर विक ८ सय ९६ मत, वडा नम्बर ४ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका लक्ष्मण पुन १ हजार ५३२ मत, वडा नम्बर ५ मा नेपाली काँग्रेसका ज्ञामनाथ कंडेल ८ सय ८९ मत, वडा नम्बर ६ को अध्यक्षमा नेपाली काँग्रेसका वृहस्पती शर्मा ६ सय ९ मत, वडा नम्बर ७ को अध्यक्षमा नेकपा एमालेका प्रेम लामिछाने १ हजार ७९७ मत र वडा नम्बर ८ को अध्यक्षमा नेपाली काँग्रेसका परमानन्द कंडेल ९ सय २५ मतले विजयी भएका छन् ।







गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी
देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया