मस्र्याङ्दीमा एमाले विजयी

लमजुङ l
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अर्नुन गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने, उनको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे । यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका गुरुङ पुन: अध्यक्ष बन्न सफल भएका छन् ।
०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराएका थिए तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ ।
उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयी भएकी छन् । उनले पाँच हजार ८९५ मत प्राप्त गरिन् भने, उनका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गरे ।
पालिकामा ९ वडा रहेकोमध्ये ५ वडामा एमालेले जितेको छ भने, ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ । एमालेका उम्मेदवारतर्फ वडा नम्बर मा रुद्रमान गुरुङ, वडा नम्बर २ मा चेतबहादुर गुरुङ, वडा नम्बर ३ मा दूतमान तामाङ, वडा नम्बर ७ मा तिलबहादुर गुरुङ र वडा नम्बर ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नम्बर ४ मा बलबहादुर गुरुङ, वडा नम्बर ५ बाट घनश्याम घले, वडा नम्बर ६ बाट मीनराशी गुरुङ र वडा नम्बर ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका छन् । यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो ।







बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया