पोखरा महानगर: कांग्रेस १०, एमाले ४ वडामा विजयी

समाधान संवाददाता २०७९ जेठ ६ गते १०:५३

पोखरा l
पोखरा महानगरपालिकाका १४ वडाको अन्तिम चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये १० वडामा कांग्रेस र ४ वडामा एमाले उम्मेदवारले वडाध्यक्ष जितेका छन् । अघिल्लो स्थानीय चुनाव पोखरा महानगरका ३३ मध्ये ११ वडामा मात्र कांग्रेस उम्मेदवारले वडाध्यक्ष जितेका थिए ।

अघिल्लो पटक एमालेले जितेका वडा नं. १३, २४, २५ र २६ कांग्रेसले खोसेको छ भने कांग्रेसले जितेको पोखरा ६ मा एमालेले वडाध्यक्ष हात पारेको छ
यसपटक आधाभन्दा कम वडाको परिणाम सार्वजनिक हुँदै कांग्रेस पुरोना अवस्थामा पुगिसकेको छ । विगतमा एमालेले जितेका वडामा पनि कांग्रेस यस पटक बाजी मार्न सफल भएको छ ।

बिहीबार २ वटा वडाको नजिता सार्वजनिक भएको छ । वडा नम्बर २० मा एमाले र वडा नम्बर ९ मा कांग्रेस प्यानलसहित विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एमालेका वडाध्यक्ष उम्मेदवार गंगाबहादुर खत्री नेतृत्वको प्यानल वडा नम्बर २० मा विजयी भएको छ ।

Advertisement

खत्रीले कांग्रेसका महेन्द्र अधिकारीलाई पराजित गरेका हुन् । खत्रीले १ हजार २ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका अधिकारीले ७ सय ९५ मत ल्याएका हुन् । खुला सदस्यमा उत्तम गुरुङ, गञ्जमान गुरुङ, मिना पौडेल र रुपा सार्की निर्वाचित भएका हुन् छन् ।
पोखरा ९ मा कांग्रेसका दीपेन्द्र मरासिनीको नेतृत्वको समूह वडामा विजयी भएको हो । उनले एमालेका ध्रुवकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । हालसम्म १, २, ३, ४, ५, ६, ९, १२, १३, २०, २३, २४, २५ र २६ नम्बर वडाको नजिता सार्वजनिक भएको छ ।
०७४ मा वडा नम्बर १३, २४, २५ र २६ मा एमाले विजयी भएको थियो । अहिले भने कांग्रेसले जितेको छ । त्यति बेला कांग्रेसले जितेको वडा नम्बर ६ भने यसपालि एमालेले हात पारर्‍यो । एमाले उम्मेदवार सहारा प्रधान वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी बने । वडा नम्बर ३ मा प्रकाशमान उदास प्यानलसहित वडाध्यक्षमा निर्वाचित बने । यहाँ वडा सदस्यमा नविल आलेमगर, सनकमान सिके, शान्तिदवी पराजुली र सबी परियार चुनिएका छन् ।

पोखरा ४ मा पनि कांग्रेस उम्मेदवार देवकृष्ण पराजुली वडाध्यक्षमा बनिसकेका छन् । यहाँ खुला सदस्यमा जुमकाजी गुरुङ र रामकाजी गुरुङ, महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्य सदस्यमा जुकमाया दमाई निर्वाचित भएका छन् ।
पोखरा ५ मा भने एमालेको प्यानल नै विजयी भएको छ । एमालेका विष्णुप्रसाद बराल अध्यक्ष बनेका छन् । वडा सदस्यमा गोविन्द्रप्रसाद शर्मा, मणिराम बराल, कल्पनाकुमारी थापा र हरिमाया विश्वकर्मा निर्वाचित भए । पोखरा ६ मा एमालेका विष्णुबहादुर भट्टराई अध्यक्ष निर्वाचित बने । वडामा पवित्र थापा, दीपेन्द्र पहारी, शोभा जलारी र वासुदेव बराल सदस्य चुनिएका छन् ।

Advertisement

वडा नम्बर १३ मा कांग्रेसका किरण बरालले अध्यक्ष जितेका छन् । यहाँ कांग्रेसको प्यानल नै विजयी भएको हो । बलबहादुर बराल, शरिफ अली मियाँ, सुचित तामाङ र रजनी परियार सदस्य चुनिए । वडा नम्बर २३ मा कांग्रेसका रामकाजी गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर २४ मा कांग्रेसका भरतबहादुर अधिकारी निर्वाचित भए । मैयाँ नेपाली, सरस्वती त्रिपाठी, रेशम सुवेदी र कृष्णप्रसाद सुवेदी ४ सदस्य भने यहाँ एमालेले जितेको छ ।

पोखरा २५ मा पनि कांग्रेसका उम्मेदवार मोतिलाल तिमिल्सिना अध्यक्ष नर्वाचित भएका छन् । पोखरा २६ मा कांग्रेसको प्यानलै आएको छ । कांग्रेसका नरेन्द्र थापा वडाध्यक्ष चुनिएका छन् । यहाँ लक्ष्मीदेवी भट्टराई, सुजाता बराल, तीर्थबहादुर रानाभाट र सुदीपराज ढुंगाना सदस्यमा विजयी बने ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका आचार्यले कलम २६ हजार ४ सय ११ मत प्राप्त गरेका छन् । एमालेका थापाले २३ हजार २ सय ४५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले २६ हजार ५ सय ७८ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ६ सय ४४ मत ल्याएकी छन् ।

पोखरामा १ लाख ४३ हजार २ सय २६ ले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया