लमजुङमा कांग्रेस, एमाले चार तहमा विजयी

लमजुङ ।
लमजुङका आठ स्थानीय तहमध्ये चार÷चार स्थानीय तहमा कांग्रेस र नेकपा एमाले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ ।
जिल्लामा कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ निर्वाचित भएका छन् । बेँसीशहरका अर्याल र मस्र्याङ्दीका गुरुङ पुनः दोहोरिन सफल भएका छन् ।
त्यस्तै गठबन्धनतर्फ नेपाली कांग्रेसबाट सुन्दरबजार नगरपालिकामा कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डे, राइनास नगरपालिकामा खड्काबहादुर गुरुङ र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।
उपप्रमुख तथा उपाध्यक्षतर्फ एमालेले पाँच तहमा जितेको छ भने, कांग्रेसले एक र माओवादी केन्द्रले दुई पालिकामा जितेको छ । एमालेका तर्फबाट उपप्रमुख पदमा बेँसीशहर नगरपालिमामा पद्मा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, मध्यनेपाल नगरपालिकामा सीता गुरुङ, क्व्होलासोथर गाउँपालिकामा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिकामा जुनामाया थापा निर्वाचित भएका छन् ।
माओवादी केन्दबाटे दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ र राइनासमा नगरपालिकामा पुष्पराज खनाल निर्वाचत हुनुभएको छ भने कांग्रेसका विच्छबहादुर घले दोर्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया