पोखरा अपडेट: मेयरमा धनराज, उपमेयरमा मञ्जुदेवीको अग्रता

पोखरा ।
पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा सुरु देखि नै अग्रता कायम राखेका छन् । शनिबार दिउँसो १ बजेसम्म ८५ हजार १ सय ५७ मतगणना गर्दा आचार्यले ३४ हजार ३ सय ३६ मत कटाएका छन् । नेकपा एमालेका कृष्ण थापाले ३० हजार ९ सय ४९ मतका साथ पछ्याइरहेका छन् । उनीहरु बिच ३ हजार ३ सय ८७ मतान्तर छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल ३ हजार ८ सय ३५ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार लौरो चुनाव चिह्नका गनेश पौडेलले २ हजार ३ सय ३५ मत प्राप्त गरे ।
उपमेयरमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ३५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेपाली कांग्रेसकी कोपीला रानाभाटले ३४ हजार ८ सय ४७ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रन्जनाकुमारी सेन पौडेलले ३ हजार ७ सय ३६ मत पाएकी छिन् ।
वडा नम्बर १०, ११, १५, १६, २८, २९ र ३० मा मतगणना जारी छ ।
वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ मा मतगणना हुन बाँकी छ ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, २०, २३, २४, २५, २६ र २७ मा मतगणना सम्पन्न भइसकेको छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया