स्कुललाई सोपाल समाजको साथ

समाधान संवाददाता २०७९ जेठ ९ गते १३:३७

पोखरा l
बेलायतमा च्यारिटी कमिसनमा दर्ता भएकोसाेंपाल समाज युकेले पोखरामा आइतबार आँधीखोला गाउँपालिका १ बेझाङ्, स्याङ्जा स्थित आधारभूत आधारभूत विद्यालयलाई आधुनिक खेल मैदान तथा भवन निर्माणका निम्ति सहयोग हस्तान्तरण गरेको छ ।

लामो समयदेखि अगाडि बढ्न नसकेको उक्त खेल मैदानलाई त्यहाँका युवा अभियन्ताहरू राजेन्द्र गुरुङ, गमबहादुर गुरुङ, भरत गुरुङ र विनप्रसाद गुरुङले नयाँ परिकल्पनासहित अगाडि बढाउने जमर्काे गरेका छन् । उनीहरूकै पत्र र आग्रहलाई स्वीकार गर्दै सोपाल समाज युके र हङ्कङ्ले सहयोग गरेका हुन् ।

कार्यक्रममा बेझाङ् लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङलाई खेल मैदान निर्माण र विद्यालय मर्मतको निम्ति सोंपाल समाज युकेका संरक्षक तथा सल्लाहकार दीपक गुरुङ (डेभिड) बाट ५ लाख २० हजार ३ सय ५३ हस्तान्तरण गरिएको छ । सोही अवसरमा सोंपाल समाज हङकङमा जम्मा भएको ३ लाख ९७ हजार ९ सय ९० हङकङ सोपाल समाजका कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गरे ।

Advertisement

कार्यक्रममा सहभागी युवाले खेलमैदान बनाउने सपना साकार भएपछि जिल्ला स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्ने योजना सुनाए । सोही अवसरमा सोंपाल समाज युकेका संरक्षक डेभिडले उक्त कार्यक्रमको पुरस्कार प्रायोजन आफूले गर्ने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया