युवा उद्यमी मञ्च पोखरामा सुयस

पोखरा l
नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल निर्वाचित भएका छन् । मञ्चको शनिबार भएको १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ समिति चुनेको हो ।
मञ्चको इमिडियट पास्ट प्रेसिडेन्टमा सुनीलबहादुर भट्टराई, प्रेसिडेन्ट इलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई. विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् ।
कार्यकारिणी सदस्यमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ छन् । अधिवेशनको उद्घाटन शत्रमा बोल्ने सदस्यले मञ्चले कोभिडका बेला अध्यक्ष सुनीलबहादुर भट्टराईको नेतृत्वमा सचेतना जगाउन, बिरामीलाई आवश्यक सहयोग गर्ने लगायतका उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले पोखरामा उद्यमशीलताको विकास गर्न, युवालाई उद्यमशीलताका लागि क्षमता अभिवृद्धि गर्न, पोखरेली अर्थतन्त्र बलियो बनाउन, मञ्चमा युवा उद्यमी तथा महिला उद्यमीको सहभागिता बढाउन सुझाव दिए ।
मञ्चका अध्यक्ष सुनीलबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ई. विशेष पन्त, नेपाली युवा उद्यमी मञ्चका कमिङ प्रेसिडेन्ट उदीप श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया