समतामा कृष्णशरणका कविता

समाधान संवाददाता २०७९ जेठ ९ गते १७:३५

पोखरा l
पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४८ औं शृङ्खला शनिबार भएको छ । काव्य सन्ध्यामा देवघाटबाट आएका छन्द कवि कृष्णशरण उपाध्यायलाई परिवारले सन्ध्या नायकको रुपमा उभ्याएको थियो ।

कवि उपाध्यायले छन्द भाव र विचार व्यक्त गर्ने लयात्मक माध्यम भएको बताए । यसले कवितालाई बढी हृदयस्पर्शी बनाइदिने उनले बताए । कविले मात्रिक, स्रग्धरा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, वसन्ततिलका, भुजख्रप्रयात, वितान, चेतना, स्रग्विणी, अनुष्टुप छन्दमा कविता वाचन गर्दा दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए । अभिशेक ओझा ‘अभिश्री’ निजगढ, बारा र बिष्णु पादुका बाँके, कोहलपुरदेखि कवि कृष्णशरण उपाध्यायलाई सुन्न आएका थिए ।

कार्यक्रममा कवि लक्ष्मण थापा र साहित्य श्रृङ्खलाकी अध्यक्ष लक्ष्मी थापाले समतामा कविता वाचन गर्ने कविहरुको छन्द प्रयोग गर्ने शैलीले प्रभावित भएको बताए । कार्यक्रममा सुरज उपाध्याय, निर्मला अर्याल, प्रदीप खनाल, अव्यग्र अस्मित, प्रकाश आचार्य, अभिशेक ओझा, भूमिराज बस्ताकोटी, माधव खतिवडा, रोशन तिमिल्सिना, भरत आचार्य, लिली अधिकारी, विष्णु पादुका, लक्ष्मी थापा, शिव त्रिपाठी लगायतले रचनावाचन गरेका थिए । कार्यक्रम अध्यक्ष मोती भुजेलकोे अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया