कास्कीकोटमा माटो परिक्षण तथा बाली उपचार शिविर

पोखरा ।
हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा महानगरपालिका कृषि महाशाखा तथा वडा नं. २४ को कार्यालयको सहकार्यमा माटो परिक्षण तथा बाली उपचार शिविर सञ्चालन भएको छ । कास्कीकोटका विभिन्न भेग समेटिने गरी जम्मा ७२ बटा नमूना माटो संकलन भएकोमा ल्याव परिक्षणवाट आजै नतिजा निकालिएको छ ।
नतिजा अनुसार अधिकांशमा अम्लियपना बढी देखिएको हुँदा हरेक नमुनाको पीएचको स्केल अनुसार रिपार्ट तयार पारी उपचारका लागि कृषि चुनको मात्रा समेत उल्लेख गरी सम्बन्धित कृषकलाई उपलब्ध गराइएको थियो ।
सिजन अनुसारको मकैमा लागेको फौजी किरा अर्थात गवारो, गोलभेडामा लागेको डडुवा, काँक्रोको फल कुहिने, सेतो धुले ढुसी तथा डाउनी मिल्ड्यु, औंसा, सिमीबोडीमा लाही लाग्ने, खुर्सानीका पातहरुको खाद्यतत्वको कमी लगायतका समस्याहरुको समाधानका लागि जैविक विशादी तथा फेरोमन ट्रयापहरु निःशुल्क रुपमा वितरण गरिएको थियो ।
बाली उपचारका लागि प्राप्त ४० वटा नमुनाले कास्कीकोटमा रहेका अन्य कृषकका समान प्रकृतिका वालीहरुको प्रतिनिधित्व गर्ने राय बालीरोग विशेषज्ञ धनवहादुर रानाले दिए । कार्यक्रमका लागि माटो तथा मल परीक्षण प्रयोगशाला, गण्डकी प्रदेशले सहयोग गरेको थियो । कृषि महाशाखा प्रमुख मनोज कडरियाले विभिन्न समस्या लिएर आएका कृषकहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
माटो परीक्षण गरेपछि अनिवार्य उपचार गरे मात्रै कार्यक्रमको सार्थकता रहने उल्लेख गर्दै महाशाखा प्रमुख कडरियाले कृषि चुना खरिदका लागि कृषकहरुलाई आंशिक अनुदान समेत उपलब्ध गराउन सकिने जानकारी गराए । सञ्जालका कार्य समिति सदस्य विक्रम अधिकारी संयोजक रहेको उक्त शिविरमा कृषि प्राविधिक पुनम कुँवरको समेत उपस्थिति थियो ।








कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया