पोखरा १८ को परिणाम कानुनी प्रक्रियामा

समाधान संवाददाता २०७९ जेठ १० गते २१:४३

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १८ को नतिजा कानुनी प्रक्रियामा गएको छ । मंगलबार बिहान उक्त वडामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना र सदस्यहरुमा एमालेका उम्मेदवार विजयी भएको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो ।


घोषित अन्तिम मत परिणाम अनुसार शिवको १६ सय ४३ र एमालेका पुष्कल थापाको १६ सय ४० मत आएको थियो । तर खसेको मतभन्दा ९ मतपत्र देखिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेले पुनमतगणनाका लागि निवेदन दर्ता गराएको छ ।

Advertisement


मतदान सकिएपछि उठाइएको मुचुल्कामा ४ हजार ४८ मत खसेको तर गणना गर्दा त्यसभन्दा कम मतपत्र मात्रै भेटिएपछि एमालेले पुन मतगणना माग गरेको हो । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले एमालेले दिएको निवेदन उपर कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

पोखरा १८ को विषयलाई लिएर विवाद भएपछि २२, ३२ र ३३ नम्बर वडाको गणना ७ घन्टा रोकिएको थियो । ती वडाको गणना सुचारु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया