पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

समाधान संवाददाता २०७९ जेठ ११ गते १४:१०

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका रामचन्द्र अधिकारी नेकपा एमालेका शिवप्रसाद आचार्यलाई पराजीत गर्दै वडाध्यक्ष चुनिएका हुन् । अधिकारीले ३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । आचार्यले २ हजार ६ सय मत प्राप्त गरेका छन् । एमालेका आचार्य निवर्तमान वडाध्यक्ष हुन् । गत निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका आचार्यकोे उम्मेदवारी दोहोरिदाँ अहिले भने वडाध्यक्ष बन्ने सपना पुरा हुन सकेन । ०७४ सालको निर्वाचनमा कांग्रेसका भोजराज आचार्यलाई पराजीत गरेका थिए ।

महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी केसी थापा ३ हजार ६० मतले विजयी भएकी छिन् । दलित महिला सदस्यमा एमालेकी लिलादेवी नेपाली २ हजार ६ सय ४८ मत प्राप्त गरी विजयी भएकी छिन् । सदस्यमा कांग्रेसका प्रकाश कार्की ३ हजार १ सय ४२ र एमालेका विनोद भण्डारी २ हजार ५ सय ४२ मत प्राप्त गरी विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया