सम्पादकीय: अस्वभाविक मुल्यवृद्धि र उपभोक्तामा परेको असर

समाधान संवाददाता २०७९ जेठ ११ गते १४:२८

नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्याँससहित डिजल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको गरिएको मूल्य वृद्धिको चौतर्फी रुपमा बिरोध भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा २० र खाना पकाउने ग्याँसमा २ सय बढाएर पेट्रोल प्रतिलिटर १सय ८०, डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६३ तथा ग्यासको मूल्य १ हजार ८ सय पुर्‍याएर जनताको ढाड सेक्ने काम गरेको छ । इन्धनमा भएको मूल्यवृद्धि अस्वभाविक र पारदर्शी नभएको भन्दै युवा विद्यार्थी तथा श्रमिकले सडक संर्घष थालेका छन् । मुल्यवृद्धिको बिरुद्धमा नेकपा (एमाले) लगायतका प्रतिप्रक्षी दलले प्रतिनिधि सभाका जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गरेको छ ।

देशभरका पेट्रोल पम्पमा गत हप्तादेखि निगमको डिपो रित्तो पारेर पेट्रोल पम्पहरुमा तेल भरेर मूल्य वृद्धि गरेको विवरण सार्वजनिक भएको छ । मागभन्दा १० हजार २ सय मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि निगमले मुल्य वृद्धि गरेको आरोप छ । व्यापारीलाई पहिल्यै सूचना दिएर मूल्य बढाएको कारण मुल्य बढेपछि पनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ पाउन सकेनन् । निगमले मुल्यवृद्धि गरेको भोली पल्ट देशैभर डिजल र पेट्रोलको अभाव भएको थियो ।केही समय अघिदेखि बजारमा खाना पकाउने ग्याँसको मूल्य बढ्ने हल्ला चलेको थियो ।

मूल्य बढ्ने हल्लाका कारण खुद्रा डिलरदेखि आयातकर्ता र उद्योगीले पनि अधिक मात्रामा खाना पकाउने ग्याँसको आयात गरेका थिए । स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउँदै सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ । मूल्य समायोजन भन्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर लगाएर राजस्व उठाउनमा व्यस्त छ । आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सार्वजनिक सवारी साधनको भाडा दर बढ्ने निश्चित छ ।

Advertisement

देशभरि गरिने ढुवानी भाडा दर बढ्छ । जसको कारण खाद्यान्य फलफुल लगायत सबै उपभोग्य सामाग्रीको मुल्य समेत स्वतहः रुपमा बढ्छ । जसको कारण तमाम क्षेत्रको महंगी बढ्न गइ सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्छ । सबै इन्धन नेपालमा उत्पादन नहुने भएकोले छिमेकी मुलुक लगायत तेश्रो मुलुकबाट आयात गर्नु पर्ने बाध्यता छ । विदेशी मुद्रा खर्च गरी महगाेंमा खरिद गरी सुलभ मुल्यमा उपलब्ध गराउनु पर्ने अवस्था छ । आम उपभोक्ताले खपथ कम गर्ने देखि सरकारले कर कम गरेर इन्धनको मुल्य कम गर्न ध्यान दिनु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया