प्रदेश सांसद विन्दुकुमारको १० लाख तलब भत्ता स्थानीय विकासमा

समाधान सम्वाददाता
कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले आफ्नो तलब भत्ताको ७ लाख रुपैयाँसहित १० लाख ५४ हजार रुपैयाँ सामाजिक काममा खर्च गरेका छन् ।
‘२०७४ माघदेखि ०७५ माघसम्म मेरो खातामा जम्मा भएका भत्ता, मासिक पारिश्रमिक तथा अन्य सुविधासमेत सबै सामाजिक कार्यमा खर्चेको छु,’ उनले भने, ‘सक्नेहरुले नै नसक्नेहरुलाई सहयोग गर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका सांसदलाई यसले फरक नपार्ला भन्ठान्छु ।’
थापाले विभिन्न २२ शीर्षकमा आमा समूह, क्लब, मन्दिर, विद्यालय जस्ता संस्थालाई सहयोग गरेको प्रतिवेदन प्रस्तुत गरे । आफ्नो कार्य क्षेत्रमा पोखराका ४ वडा पर्ने भएकाले ती वडाको विकास निर्माणका काम गर्न पनि थुप्रै योजनामा पहल गरेको र पारेकोसमेत दाबी गरे ।
योजना छनोट गर्दा नेकपाको बहुमतीय सरकारले ‘भेदभाव’ गरेकोसमेत थापाले आरोप लगाए । ‘जनताका लागि पहल गरिने विकास निर्माण कार्यमा पनि यो नेकपाको माग, यो कांग्रेसको माग भनेर हेरिन्छ,’ उनले भने, ‘गैरकम्युनिस्ट पार्टीलाई समर्थन गरेकै कारण सेवासुविधा र विकास निर्माणका कामबाट बञ्चित गराइनु सरकारको बेइमानी मानिन्छ ।’
प्रदेशको सरकारको १६ महिनामा आफूहरुले थुप्रै काम गरेको थापाको दाबी छ । संसद बैठकमा संघीयता बोझ भएको अभिव्यक्ति उठ्न थालिसकेको थापाले खुलाए । उनले भने, ‘संघ सरकारको अझंै केन्द्रीकृत सोच तथा संकीर्ण मनोभाव हटाउन सकेको छैन । त्यसले पनि संघीयता कमजोर हुँदै गइरहेको भान भइरहेको छ ।’
संघीय सरकार नै प्रदेशलाई कमजोर बनाउन लागिपरेको थापाको आरोप थियो । ‘स्थानीय तहले संघलाई टेर्दैन । संघको मातहतमा स्थानीय तह छैन । प्रदेशलाई केन्द्रले हेर्दैन । केन्द्रिकृत मानसिकता हटाएकै छैन,’ उनले भने, ‘संघ सरकारले नै प्रदेशलाई कमजोर बनाउन लागिपरेको छ ।’









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया