जोमसोम टावरसँग सम्पर्क भयो, तर जहाज मुस्ताङकै आकाशमा हरायो

पोखराबाट बिहान ९ः५५ बजे उडेको तारा एअरको १९७ नम्बरको ९ एनएईटी रजिस्ट्रेसन भएको बेपत्ता टुईनेटर जहाजको खोजी कार्य भइैरहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए ।पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसंग सम्पर्क भएपनि उक्त जहाज त्यसपछि सम्पर्क विहिन भएको प्रजिअ शर्माले बताए ।
तारा एअरको टुईनेटर जहाजले १३ नेपाली,४ भारतीय र २ फरेनर विदेशीसहित चालक दलका ३ सदस्य जहाज रहेको जोमसोम नागरिक उड्यन कार्यालले बताएको छ । यसअघि सुमित एअरको जहाजले पहिलो उडान पुरा गरी दोश्रो उडान भर्दै जोमसोम आईपुगेको थियो ।
पोखराबाट तारा एअरको पहिलो उडान भर्दै जहाज मुस्ताङ आउन खोजेकोमा अचानक म्यादी र मुस्ताङको सीमाक्षेत्रमा मौसम प्रतिकुल हुँदा जहाज अनियन्त्रित दिशाामा उडेको अनुमान गरिएको छ । प्रजिअ शर्माले सम्पर्क विहिन भई हराएको जहान बिहान १० बजेर १५ मिनेटमा जोमसोममा अवतरण गर्नुपर्ने थियो । अवतरण अवधि सकिएर १५ मिनेटपछि मुुस्ताङ प्रशासनलाई यस सम्वन्धि अपडेट भएको प्रशासनको भनाई छ ।
दुर्घटनाक्षेत्र अनुमान गरिएको स्थानका स्थानीयले बताएर अनुसार कालिगण्डकी नदीको बीच भाग हुदै उड्नु पर्ने जहाज दिशाहिन अवस्थामा उडेकाले थासाङको नाउरिकोट माथि धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपास दुर्घटना भएको अनुमान गरिएको छ ।
पोखराबाट मुस्ताङ आउँदै गर्दा मुस्ताङकै आकाशमा हरारहेको जहाजको खोजीकार्य तिब्र भईरहेको प्रजिअ शर्माले बताए ।प्रजिअ शर्माका अनुसार मौसम प्रतिकुलताका कारण दुर्घटना अनुमान गरिएको क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेकाले खोजी कार्य प्रभावित भएको छ । बिहान १२ बजे फिस्टेल एअरको हेली थासाङक्षेत्रमा गएपनि मौसमका कारण जोमसोममै र्फिर्कएको थियो । अहिले पुन दोश्रो पटक फिस्टेलको हेली दुर्घटना अनुमान गरिएकोक्षेत्रमा प्रस्थान गरेको जनाईएको छ ।
मुस्ताङको आकाशमा हराईरहेको जहाज खोजीका लागि सूचना संकलन र मार्किङ गर्ने काम भईरहेको मुस्ताङ प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार जहाज खोजीका लागि नेपाली सेना,सशस्त्र प्रहरी , प्रहरी र सो क्षेत्रका स्थानीयलाई परिचालन गरिएको छ । जहाज खोज्नका लागि सुरक्षाका सबै युनिटलाई निर्देशान दिएको प्रजिअ शर्माले जानकारी दिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया