सम्पर्कविहीन तारा एयरको जहाज खोज्न पोखराबाट सेनाको हेली उड्यो
समाधान संवाददाता
२०७९ जेठ १५ गते १४:४९

पोखरा ।
सम्पर्कविहीन तारा एयरको जहाज खोज्न पोखराबाट सेनाको हेlलिकोप्टर गएको छ ।
विमानको खोजीका लागि काठमाडौँबाट पोखरा गएको नेपाली सेनाको हेलिकोप्टर अहिले मौसममा केही सुधार आएपछि पोखराबाट उडेको छ।
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज हराएको हो ।
बिहान करिब ९ः५५ मा पोखरा विमानस्थलबाट छुटेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको थियो । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने जहाज २ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया