हराएको तारा एयरको एरिया लोकेट, खराब मौसमका कारण सैनिकको हेलीकोप्टर पनि जान सकेन

समाधान संवाददाता २०७९ जेठ १५ गते १६:५८
तस्बिर : देवेन्द्र पाण्डे

मुस्ताङको जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाज फेला पर्न सक्ने ठाउँको आँकलन गरिए पनि त्यहाँका लागि उडेको नेपाली सेनाको हेलीकोप्टर मुस्ताङको कोबाङमा अवतरण भएको छ ।

Advertisement

नेपाली सेनाको पोखरास्थित मध्य कमाण्डका सेनापति बाबुराम श्रेष्ठका अनुसार मानापाथी हिमालको फेदीमा जहाजको एरिया लोकेट भएको छ । हेलीकोप्टर जान नसकेपछि नेपाली सेनाको टोली सम्भावित स्थलतर्फ पैदलै गइरहेको जानकारी सेनापति श्रेष्ठले दिए ।

बादलका कारण मानापाथी हिमालतिर ठूलो हेलीकोप्टर जान नसकेपछि नेपाली सेनाले साना हेलिकोप्टर पठाउने प्रयास गरेको छ । स्थानीयले दिएको सूचनाको आधारमा बिहानदेखि निस्कएको सेना र प्रहरीको टोली मानापाथी हिमालतर्फ पठाइएको छ।

आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो ।

विमानमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको नामावली
१‍  इन्द्रबहादुर गोले
२ पुरुषाेत्तम गोले
३ राजनकुमार गोले
४‍  वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट

Advertisement

चालक दलका सदस्य
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३  विमानपरिचारिका क्रिस्मी थापा

तपाईको प्रतिक्रिया