
जोमसोम ।
आईतबार मुस्ताङको आकाशमा सम्पर्क विहिन अवस्थामा रहेको तारा एअरको ९ एनईटी जहाजमा सवार सबै यात्रुको मृत्यु भएको थासाङ गाउँपालिका–३ का स्थानीय युवा सुमित गौचनले जानकारी दिए ।
मुस्ताङको थासाङ गाउँपालिका–२ को उच्चलेक सानोसरेमा तारा एअरको जहाज क्षतविक्षत रुपमा फेला परेपछि जहाजमा यात्रा गर्ने १९ यात्रुसहित चालक दलका ३ जना सदस्यको मृत्यु भएको जनाईएको छ ।जहाज खोज्न मानापाथी लेंक पुगेका थासाङका स्थानीय युवा सुमित गौचनले जहाजमा सवार १२ जनाको शव फेला परेको जानकारी दिए । जहाज थासाङको सानोसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।
घटना स्थलको रिपोटिङ गर्दै स्थानीय सुमित गौचनले कतिपय लाशहरु क्षेतविक्षेत अवस्थामा भेटिएको जानकारी दिए । अरु बाँकी १० लाश सोनो सरे खोंचमा उछिट्टीएको हुनसक्ने बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
सम्बन्धित









तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
लेक लाग्न नदिने उपाय खोजी
फेवाताल पुर्नेलाई कारबाही माग
प्रचण्ड कास्की ३ बाट सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया