जहाज दुर्घटनाका शव काठमाडौं लगिने, पहिचान गर्न डिएनए परिक्षण
समाधान संवाददाता
२०७९ जेठ १६ गते ११:२२

पाेखरा ।
मुस्ताङकाे मानापाथी हिमालमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुकाे शव घटनास्थलबाट सिधै काठमाडौं लैजाने तयारी गरिएकाे छ । यद्यपी घटनास्थलमा अझैसम्म पनि हेलिकाेप्टर अवतरण गर्न सकेकाे छैन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार अहिलेसम्मकाे तयारी अनुसार उद्दार गरेका शवहरु सिधै काठमाण्डौं लगिनेछ । दुर्पाेघटनामा खरा र आसपासका काेही पनि परेका छैनन् ।
मानापाथी पहाडकाे पहराेमा ठाेक्किएर दुर्घटनामा भएकाले अधिकांश शव पहिचान गर्नै नसकिने अवस्थाका छन् । मृतकका आफन्तले पनि पहिचान गर्न कठिनाइ भएमा शवकाे डिएनए परिक्षण गरेर पहिचान गर्न पर्ने हुनाले पनि सबै शव काठमाडौं नै लैजाने तयारी गरिएकाे हाे ।
यद्यपी अहिलेसम्म घटनास्थलमा १२ वटा शव संकलन भएका छन् भने अन्यकाे खाेजी जारी छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया