हवाइ दुर्घटनाप्रती एमाले गण्डकीद्वारा दुःख व्यक्त

समाधान संवाददाता २०७९ जेठ १६ गते २०:२८

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आइतबार भएको जहाज दुर्घटनाप्रती दुःख व्यक्त गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीले सोमबार एक शोक विज्ञप्ति निकालेर विमान दुर्घटनामा निधन हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्ति गरेको छ ।

कमिटीले शोकाकुल परिवारमा हार्दिक समावेदना प्रकट गरेको हो । नेकपा एमालेका गण्डकी अध्यक्ष नवराज शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘हिजो बिहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ‘९ एन–एईटी’ जहाज मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदि सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दलसहित सवार सम्पूर्ण यात्रुहरूको दुःखद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको छ ।’


गण्डकी कमिटीले नेपालको हवाइ क्षेत्रको सुरक्षा र विश्वनियतामा चुनौती खडा गरेको भन्दै नेपाल सरकार र सरोकारवाला निकायलाइ ध्यानाकर्षण गराएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया