हवाइ दुर्घटनाप्रती एमाले कास्कीद्वारा दुःख व्यक्त

पोखरा ।
नेकपा एमाले कास्की जिल्ला कमिटीले आइतबार भएको जहाज दुर्घटनाप्रती दुःख व्यक्त गरेको छ ।
एमाले कास्की कमिटीले सोमबार पोखरादेखि मुस्ताङ उडेको तारा ऐयरको जहाज दुर्घटनामा निधन हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्ति गरेको हो । कमिटीले शोकाकुल परिवारमा हार्दिक समावेदना प्रकट गरेको छ ।
नेकपा एमालेका अध्यक्ष अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्तिमा निकालेर दुख व्यक्त गरेका हुन् । ‘पोखराबाट जोमसोमको लागि आइतबार ९ः५५ बजे उडेको तारा एयरको ‘९ एन–एईटी’को जहाज मुस्ताङको थासाङ गाउँपालिकाको मानापाथी हिमालको फेदी सानोसरेमा दुर्घटना हुँदा २२ जनाको दुखद निधन भएको समाचारले नेकपा एमाले कास्की र्माहत भएको छ । यस दुखदको क्षणमा दिवंगत सम्पूर्णमा हाम्रो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्ति गदछौं । शोकाकुल सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस,’ विज्ञप्तिमा लेखिएको छ ।
कमिटीले नेपालको हावाई मार्ग जोखिमपूर्ण बन्दै गएको अवस्थालाई मध्यनजर गरी जोखिम न्यूनिकरण गन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराएको छ ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया