
सुन्दरकुमार थकाली
जोमसोम–
मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा जम्मा गरिएको बाँकी १२ शव नेपाली सेनाको हेलिकोप्टरले बिहान ११ः४ मिनेट जाँदा काठमान्डौतर्फ लगेको छ ।
सोमबार मौसम प्रतिकुलताका कारण कोवाङ झार्न नसकेको १० शव र बाँकी २ शव गरी १२ शव आवश्यक प्रक्रिया पुरा गरी काठमान्डौं पठाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज आईतबार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको सानुसरे पहाडमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार चालक दलसहित २२ यात्रुको मृत्यु भएको थियो ।
सोक्षेत्रमा खराव मौसमका कारण पहिलोदिनको शव संकलन गर्ने कार्य प्रभावित बनेपनि दोश्रोदिन २१ शव भेटिएकोमा १ वटा शव भीरबाट बाहिर निकाल्न सकेका थिएनन् । जहाजमा सवार २२ शव मध्ये २० जनाको शव संकलन भएपनि १ वटा शव निकाल्न बाँकी र खोज्न बाँकी १ शव मंगलबार बिहान बाहिर निकालिएको थियो ।
मौसम प्रतिकुलता र समय अभावका कारण दुर्घटनाक्षेत्रमा सोमबार जम्मा पारिएको १० शव र मंगलबार संकलन गरिएको २ शव गरी १२ शव माउन्टेन एअरको हेली मार्फत कोवाङमा झारिएको थियो ।
योसंगै ,तारा एअर जहाज दुर्घटनामा परी मृत्यु भएका यात्रुको शव संकलन गर्ने काम सम्पन्न भएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया