स्वतन्त्र पत्रकार संघद्धारा अग्रज पत्रकार सम्मानित

पोखरा ।
स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले सोमबार अग्रज पत्रकारलाई सम्मान तथा योगदानको स्मरण गरेको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालको आसन्न केन्द्रीय महाधिवेशनको पूर्व सन्ध्यामा शाखाको तयारी भेलासहितिको समारोहमा अग्रज पत्रकार प्रजातन्त्र सेनानी अग्रज पत्रकार केशवराज पराजुली, उदयबहादुर अमात्य, उमाकान्त शर्मा र भूपनिधि पन्तलाई सम्मान गरियो । सम्मानित पत्रकारले संघको अग्रज स्मरण संस्कार स्तूत्य रहेको बताए ।
उनीहरुले राष्ट्रिय राजनीतिमा दलीय व्यवस्थाप्रतिको वितृष्णा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गरेको सफलताले देखाएकाले विचलित नभईकन निरन्तर आफ्नो कर्ममा लाग्न सुझाए । भेलामा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पार्षद् कल्याण पन्त, विश्वलाल श्रेष्ठ, बालकृष्ण सुवेदी, संघका कोषाध्यक्ष ओम उपाध्याय लगायतले अग्रजको सम्मान र दिवंगतको स्मरणमा संघ निरन्तर क्रियाशील रहने उल्लेख गरे ।
संघका पार्षद् यज्ञप्रसाद बास्तोला र विष्णुप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौनधारणसमेत गरिएको थियो । तिथिका हिसाबले ज्येष्ठ १६ गते सोमवारकै दिन यज्ञप्रसाद बास्तोलाको प्रथम वार्षिक पुण्यतिथि रहेको सन्दर्भमा संघले सम्मान र स्मरण कार्यक्रम आयोजना गरेको हो । संघको मुखपत्र स्वतन्त्र सन्देशका सम्पादकसमेत रहेका बास्तोलाको स्मृतिमा स्वतन्त्र सन्देशलाई बास्तोला विशेषांकका रूपमा प्रकाशन गरिने संघले जनाएको छ ।
शाखा अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको भेलाले महाधिवेशन सफल पार्न विभिन्न कार्ययोजना तय, महाधिवेशन प्रतिनिधि चयन र पदाधिकारी सिफारिस लगायतका महत्वपूर्ण निर्णयसमेत गरेको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया