मोहन मेमोरियल ब्याडमिन्टन उपाधि ग्यालेक्सी पब्लिकलाई

समाधान संवाददाता २०७९ जेठ १८ गते १३:२५

पोखरा l
प्रथम मोहन मेमोरियल अन्तर विद्यालय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि ग्यालेक्सी पब्लिक स्कुल जितेको छ ।
मोहन मेमोरियलको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुलले एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित उपाधि जितेको हो ।

व्बाइजतर्फ कास्कीकी दिलाशा राना र रुपन्देहीका सुदेश राजकोटी उत्कृष्ट खेलाडी र अनिल मल्ल अनुशासित खेलाडी घोषित भए । सिक्सटिन फियदर्शले उत्कृष्ट पोशाकको उपाधि र पोखराको टप्स माविले धेरै खेलाडी सहभागिता जनाएको पुरस्कार हात पार्‍यो ।

ओपन ब्वाइज डबल्सतर्फ सुर्खेतका नरेन्द्र वम र कविर केसीको जोडीले स्वर्ण, डेभिड थापा र मनोज फौदारको जोडीले रजत र सखुवासभाका सुनील कार्की र अनिल मल्लको जोडी कास्य पदक जिते । सोही इभेन्टको छात्रातर्फ कास्कीको दिलाशा राना र आयुष्मा रानाको जोडीले स्वर्ण, भोजपुरको जोडी उपमा खड्का र अंशु श्रेष्ठले रजत र सिक्सटिन फियदर्शको जोडी रिहाना श्रेष्ठ र अल्फा महर्जन तथा सुर्खेतको पुष्पा शाही र निर्भिता शाहीले कास्य पदक जित्न सफल भए ।

Advertisement

यु १७ छात्र ओपन सिंगल्सतर्फ त्रिभुवन आर्मीका डेभिड थापा मगरले स्वर्ण, सुर्खेतका नरेन्द्र वमले रजत र लाफाका मनोज फौदारले कास्य पदक प्राप्त गरे । यु १७ गल्र्स ओपन सिंगल्सतर्फ सुर्खेतकी पुष्पा साहीले स्वर्ण, काठमाडांकी एन्जल लिम्वुले रजत कास्य पदक भोजपुरकी उपमा खड्का र कास्कीकी दिलाशा रानाले कास्य पदक जित्न सफल भए ।

सेकेन्डरी लेभल ब्वाइज सिंगल्सतर्फ सुर्खेतका कविर केसी, सुनाखरी एकेडेमीका रोधन राई क्रमश क्रमश स्वर्ण र रजत पदक प्राप्त गर्दा दाङका सुविन श्रेष्ठ र भोजपुरका भेनिष राईले कास्य पदक जिते । छात्रातर्फ काठमाडाैंकी एञ्जल लिम्बु स्वर्ण, ग्यालेक्सीकी रिहाना शेरचन रजत र दिलाशा राना तथा आयुष्मा नेपालले कास्य पदक प्राप्त गरे ।

Advertisement

लोअर सेकेन्डरी लेभलको ब्वाइज सिंगल्सतर्फ रुपन्देहीका सुदेश राजमती स्वर्ण पदक प्राप्त गरे । तनहुँका सफल भुजेलले रजत र एपेक्सका सुभम कार्की र आरुष सिम्खडाले कास्य पदक प्राप्त गरे । गल्र्सतर्फ ग्यालेक्सीकी रिहाना शेरचनले स्वर्ण, ललितपुरकी तिशा रानी शाक्य रजत र लालीगुराँस माविकी अश्मिता खत्री र त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा देशभरका २ सयभन्दा बढी खेलाडी सहभागी थिए । मोहनको सन् २०१२ मा दुर्घटनामा निधन भएको थियो । उनीसँगै खेलेका साथीहरु मिलेर उनको सम्झनालाई जीवन्त बनाईराख्न प्रतियोगिताको सुरुवात भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया