आफू खुसी विज्ञप्ति जारी गरेको भन्दै कांग्रेस नगर सचिवलाई कार्यसमितिले सोध्यो स्पष्टीकरण

समाधान संवाददाता २०७९ जेठ १९ गते १८:२७

पोखरा ।
नेपली कांग्रेसको महानगर कार्यसमितिले सचिव गणेश थापालाई ७ दिन भित्र स्पष्टीकरण सोधेको छ ।

थापाले जेठ १६ गते जनताले गठबन्धन र कांग्रेसलाई महानगर कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेलीले विकासलाई नयाँ उचाइमा पु¥याउने अवसर दिएकाले सबैलाई धन्यवाद दिएका थिए । सचिव थापाद्धारा जारी गरिएको विज्ञप्तिमा लेखिएको थियो, ‘२३ वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजय गराउनु भनेको पोखरा सहर आगामी ५ वर्ष नेतृत्व गर्न नेपाली कांग्रेसलाई पोखरेली जनताले जिम्मेवारी दिएको छ । यो जिम्मेवारीलाई कांग्रेसले गम्भीरताका साथ निर्वाह गर्छ ।’


नगर समितिको १९ गते बसेको कार्यसमितिले लेटरप्याड र छापको अनधिकृत प्रयोग र संस्थागत धारणा भनि विज्ञप्ति जारी गरेकाले थापालाई अनुशासन उल्लंघन होइन भनेर समितिले प्रश्न गरेको छ । ‘१९ गते समितिको सल्लाह निर्णय र निष्कर्ष बिना नै विज्ञप्ति निकाल्नु आफू संलग्न समितिकै मान पर्दन गर्नु होइन ? यसरी मान मर्दन गर्नुको दुरासय के हो ? यसप्रकारको हर्कत गरे वापत नेपाली कांग्रेसको विधान र नियमावली अनुसार तपाईं उपर अनुशासन उल्ंघनको कारबाही अघि किन नबढाउने,’ नगर सभापति सुरेन्द्रमान विजुक्क्षेद्धारा लेखिएको विज्ञप्टिमा भनिएको छ, ‘यदि अनुसासनको कारबाही नगर्नुपर्ने भए सो कारण सहित यो पत्र प्राप्त मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’

Advertisement

तपाईको प्रतिक्रिया