कास्की जिससको निर्बाचन आज, एमालेको जित निश्चित

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीको निर्बाचनका लागि आज मतदान हुँदैछ । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ । तर एमालेको बहुमत छ ।
समन्वयको प्रमुखमा नेकपा एमालेबाट लीलाधर पौडेल र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दीपेन्द्र ढकाल चुनावी मैदानमा छन् । । प्रमुखमा सिफारिस पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउ पालिका वडा नम्बर १२ बाट निर्बाचित सदस्य हुन् ।
नेकपा (एमाले)ले जिससको उपप्रमुखमा सरिता कुमाललाई सिफारिस गरेको छ । उनी रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् ।गठबन्धनको समझदारी अनुसार जिससको उपप्रमुखमा माओवादीबाट उम्मेदवार बनाउने भएपछि कांग्रेसले उम्मेदवार सिफारिस गरेको छैन । उपप्रमुखमा माओवादीबाट मादी ७ की उषा थापा उम्मेदवार हुने भएकी छन् । सदस्यमध्ये पनि १ जना माओवादीका पुर्खबहादुर पुन उम्मेदवार हुने भएका छन् । उनी माछापुच्छ्रे १ का हुन् ।
कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार हुने भएका छन् । एमालेबाट जिससको खुला सदस्यमा मादीका राजु अधिकारी, अन्नपूर्णका गणेशबहादुर घर्ती र बालिका सुवेदी, पोखरा २१ का सीता विश्वकर्मा रुपाका हर्कबहादुर गुरुङ, माछापुच्छ्रेका लक्ष्मी परियार र सुकमाया नेपाली छन् ।
समन्वयको नेतृत्वका लागि जिल्लका स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाँउछन् । कास्कीका ५ वटा स्थानीय तह छन् । यी तहका १० जना मतदाता मध्ये एमाले एक्लैका ६ जना छन् भने काँग्रेसका ४ जना निर्बाचित छन् । एमालेले रुपा र अन्नपूर्णमा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने पोखरा महानगर र मादी गाँउ पालिकामा उपप्रमुख जितेको छ । यसैले समन्वयमा एमाले एक्लैको बहुमत छ ।
कास्की जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि जेठ २० गते आज निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार चुनावी कार्यलालिका सार्वजनिक गरेको छ ।
निर्वाचन तालिका अनुसार जेठ १९ गते बिहान १० बजेदेखि १०ः३० बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावली सच्याउने, छुट नामावली समावेश गर्न दरखास्त दिने र संशोधित नामावली प्रकाशन गर्ने समय तोकिएको छ । सोही दिन १०ः३० बजेदेखि पूर्वान्ह ११ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने, ११ः३० बजे मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ ।
जेठ २० गते बिहान ९ बजेदेखि १०ः३० बजेसम्म उम्मेदवारको मनोनयन पत्रको दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने समय तोकिएको छ । १०ः३० बजेदेखि पूर्वान्ह ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ११ बजेदेखि ११ः३० बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गरिने त्यस्तै ११.३० बजेदेखि मध्यान्न १२ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १२.३० बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन तालिका अनुसार मतदान दिउँसो १ बजेदेखि २ बजेसम्म हुनेछ । जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ महिला र १ जना दलित वा अल्पसंख्यक गरी बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया