अधिकृतको सेवाकालीन तालिम प्रदेशमै
छैटौं, सातौं र आठौं तहका अधिकृतका लागि सेवाकालीन तालिम सञ्चालनका लागि पाठ्यक्रम तयार

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको छ ।
परिषद अध्यक्षसमेत रहेका मुख्यमन्त्री एवं कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । सहायक स्तरका लागि तालिम सञ्चालन हुँदै आए पनि अधिकृत तहका लागि भने प्रदेशमा पहिलोपटक पाठ्यक्रम तयार भएको हो ।
प्रतिष्ठानले तयार पारेको स्थानीय आर्थिक विकास प्रशिक्षण सामग्री मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारी अनि निर्वाचित जनप्रतिनिधिलाई आवश्यक तालिम, अभिमुखीकरण गराउने लगायत उद्देश्यबाट गठित प्रतिष्ठानले सम्पादन गर्दै आएका कार्य प्रभावकारी भएको मुख्यमन्त्री पोखरेलले बताए । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने जिम्मा कर्मचारी प्रशासनको भएकाले उनीहरुलाई चुस्त र सबल बनाउन नियमित प्रशिक्षण जरुरी रहेको उनको भनाइ थियो ।
जिम्मेवारीमा आएका कर्मचारीको वृत्ति विकासका लागि समेत तालिम जरुरत पर्ने मुख्यमन्त्री पोखरेलले बताए । संघीयतालाई मजबुत बनाउने नागरिकका अपेक्षा पूरा गर्न प्रदेश सरकार लागी परेको भन्दै उनले स्थानीय तहसँगको समन्वयमा अझ प्रभावकारी काम गर्न सकिने भनाइ राखे ।
सातवटै प्रदेशमध्ये गण्डकीले पहिलोपटक अधिकृतका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत यसलाई अनुमति दिइसकेको मुख्यमन्त्री पोखरेलले बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रदेश र स्थानीय तहका विभिन्न सेवामा कार्यरत संघीय निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी तथा प्रदेश निजामती र स्थानीय सेवाका छैटौं, सातौं र आठौं तहका अधिकृतका लागि सेवाकालीन तालिम सञ्चालनका लागि पाठ्यक्रम तयार पारिएको बताए । उनले भने, ‘पाठ्यक्रममा व्यक्तित्व विकास, कौशल, नेतृत्व र प्रबन्धकीय सीप, अनुसन्धान र नवीनतम ज्ञानका साथै संघ प्रदेश र स्थानीय तहमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकासँग सम्बन्धित विषयवस्तु समावेश छन् ।’
कार्यकारी निर्देशक पाण्डेले स्थानीय आर्थिक विकास, स्थानीय तहको प्रमुख प्राथमिकताको विषय रहेको र सो कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन व्यावहारिक प्रशिक्षणको आवश्यकता रहेकाले प्रशिक्षकका लागि सहयोगी सामग्री तयार पारिएको जानकारी गराए । प्रतिष्ठानले हालसम्म गरेका कार्यप्रगतिका बारेमा समेत बैठकमा उनले जानकारी गराए ।
बैठकका प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मन्त्रालयका सचिवहरु, गण्डकी विश्वविद्यालयका उपकुलपति, परिषद सदस्य सहभागी थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया