छानविन टोलीले ग¥यो जहाज दुर्घटना स्थलको रिपोटिङ

जोमसोम–तारा एअरको नाईन एनईटी जहाज दुर्घटना सम्वन्धि जाँचुबुझ गर्न बनेको ५ सदस्ययीय छानविन टोली शनिबार बिहान दुर्घटना स्थल थासाङ गाउँपालिका २ को मानापाथी हिमालको फेंद स्थित सानुसरे पहाड पुगेर र्फिकएको छ ।उनीहरुले तारा एअर जहाज दुर्घटना स्थलको अवलोकन ,अनुसन्धान र दुर्घटना सम्वन्धि तथ्यहरु संकलन गरी र्फिर्कएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आईतबार बिहान सम्पर्क विहिन भएको थियो ।जहाज दुर्घटना भएको पहिलोदिन मौसम प्रतिकुलताका कारण दुर्घटना स्थलको पहिचान गर्न सकिएको थिएन । दुर्घटनाको दोश्रोदिन बिहान लेंकमा यार्सा टिप्न गएका टोलीले जहाज दुर्घटना स्थल पत्ता लगाएरपछि उद्दारकार्य सुरु गरिएको थियो ।
जहाज दुर्घटनाको सत्यतथ्य छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल ईन्जिनियर रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्ययीय जहाज दुर्घटना छानवीन समिति गठन गरेको थियो ।छानविन समितिमा क्याप्टेन दिपुराज ज्वाहारचन,वरिष्ठ मेन्टिनेन्स ईन्जिनियर उपेन्द्रलाल श्रेष्ठ ,वरिष्ठ मौसम विद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
मन्त्रालयले गठन गरेको दुर्घटना सम्वन्धि ५ सदस्ययीय छानविन टोली काठमान्डौंबाट एअर डोईनोष्टिकको माउन्टेन हेलीमा मार्फत जहाज दुर्घटना स्थल सानुसरे पुगेका थिए ।छानवीन टोलीका ५ सदस्ययीय टोली पहिला दुर्घटना स्थल पुगेर फर्किएपछि जोमसोम विमान स्थल आईपुगेको थियो । उनीहरुले जोमसोम विमान स्थलका कर्मचारीहरुसंग जहाज दुर्घटना सम्वन्धि कारण अन्य बिषयमा सोधपुछ गरी पुन काठमान्डौं फर्किएको यति एअरलाईन्सका पोखराका मेनेजर राम लामिछानेले जानकारी दिए ।
यस्तै, तारा एअर जहाज दुर्घटना स्थलबाट जहाजका आवश्यक उपकरण तथा जहाजको महत्वपूर्ण सामानहरु हेली मार्फत काठमान्डौं लगेको स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिए । उनले जहाज बीमा कम्पनीको केही प्रतिनिधिहरु आएर जहाजका महत्वपूर्ण मार्टपुर्जा हेली मार्फत काठमान्डौं लगेको शेरचनको भनाई छ ।





फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया