डिभाइन युथ क्लब कास्कीद्वारा रक्तदान कार्यक्रम

समाधान संवाददाता २०७९ जेठ २२ गते १३:१९

पोखरा ।
श्यामा श्याम सत्सङ न्युरोडको १०औं बार्षिकउत्सबको उपलक्षमा डिभाइन युथ क्लब कास्कीद्वारा वृहत खुला रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । वरिष्ठ फिजिसियन डा वसन्त कुमार ताम्राकार को प्रमुख आथित्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५० जना रक्तदाता हरुले रक्तदान गरेका थिए ।

Advertisement

विभिन्न संघ सस्थाहरु का व्यक्तित्व हरुको पनि उपस्थिति रहेको थियो । अहिले को अवस्था लाई नियाल्दा पछिल्लो समयमा रगतको अभाव रहेकोले र केहि थप सहयोग होस भन्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरेको डिभाइन युथ क्लव कास्कीका अध्यक्ष सुकदेव गुरुङ ले बताएका छन् ।

तपाईको प्रतिक्रिया