‘लेस्पारलाई पदयात्रामा जोडौं’

पोखरा ।
अन्नपूर्ण आरोहण दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले आयोजना गरेको कार्यक्रममा पर्वतको लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने बताइएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नम्बर ४ स्थित लेस्पारमा आयोजित कार्यक्रमका वक्ताले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको उल्लेख गरे । मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भएको बताउँदै यसको प्रवद्र्धन र विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिन् ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले लेस्पारको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि नै यस वर्षको अन्नपूर्ण आरोहण दिवस यस गाउँमा मनाइएको बताए । पदयात्रा पर्यटनसँग गाउँलाई जोड्नसके स्थानीयको आर्थिक समृद्धि बढ्ने बताउँदै उनले स्थानीयलाई उत्पादनसँग पनि जोड्नुपर्ने उल्लेख गरे ।
पर्यटन कार्यालय पोखराका प्रमुख थमनसिंह गौतमले पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई उत्पादनसँग जोड्दै रोजगारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष रामचन्द्र शर्माले पदयात्रामार्गसँग जोडिएको लेस्पारले धेरै सम्भावना बोकेको विचार राखे ।
कार्यक्रम संयोजक एवं टान पश्चिमाञ्चल क्षेत्रीय संघका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले लेस्पारको पर्यटकीय सम्भावनाको प्रवद्र्धनका लागि अन्नपूर्ण डे यसै ठाउँमा मनाइएको बताए । कार्यक्रममा संघका सहसचिव रेशम अधिकारी, लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुन, समाजसेवी टीका पुन लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया