पोखरामा नयाँ तथा सरुवा दर्तालाई मात्र इम्बोस्ड नम्बर जडान
समाधान संवाददाता
२०७९ जेठ २४ गते १५:४६

पोखरा ।
यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनका धनीलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नुपर्ने र नजोडे कारबाही गर्ने सूचना जारी गरेको थियो ।
सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात व्यवस्था कार्यालय कास्कीमा भिड लागेको छ । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । उपकरण तथा जनशक्तिको क्षमता अनुसार एकदिनमा ५० जना सम्मलाई मात्र सेवा दिन सकिने बताएको छ ।
सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जानकारी दिएको छ ।

सम्बन्धित







राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया