मदरल्यान्डमा एसइईका विद्यार्थीको बिदाई

समाधान संवाददाता २०७५ चैत २१ गते १८:१९

पोखरा,

मदरल्यान्ड माध्यमिक विद्यालय मासबारबाट एसइई परीक्षामा सहभागी विद्यार्थीलाई मंगलबार विदाई गरिएको छ ।विद्यार्थीलाई अविर लगाई खादा ओढाएर मायाको चिनोका साथ बिदाई गरिएको थियो ।

एसइईमा सहभागी विद्यार्थीलाई अग्रिम बधाई तथा शुभकामना दिँदै विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माले मदरल्यान्डले रचेको सुनौलो इतिहास र असल संस्कारलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
विद्यार्थीद्वय सुरज आचार्य र कल्पना आचार्यले संघर्षको आनन्द प्रस्तुत गर्दै आत्मीयता, ममता र ज्ञानको ज्योतिले सधैँ समीपमै रहेको अनुभूतिका साथ भविष्यको रेखा कोरिदिने गुरु, दस कक्षासम्मको शैक्षिक दौडानमा रहेका मित्रहरू, विद्यालय प्रशासन सबैलाई आभारप्रकट गरेका थिए ।

Advertisement

उक्त अवसरमा विद्यार्थीहरूले विविध मनोरञ्जनका विविध कार्यक्रमहरू प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन मावि इन्चार्ज तथा सामाजिक अध्ययन विभागका प्रमुख टेकनाथ पौडेलले गरे । कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यालयका नेपाली विभागीय प्रमुख डण्डपाणि सुवेदीले स्वागत मन्तव्य व्यक्त गरे ।


Advertisement

तपाईको प्रतिक्रिया