पोखरा १६ का जनप्रतिनिधि सम्मानित
पोखरा ।
पोखरामा रहेको गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाले पोखरा १६ का नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना सहित सदस्यलाई संस्थाका अध्यक्ष अनिल बस्नेत, संस्थापक अध्यक्ष गोविन्दबहादुर बस्नेत र समाजसेवी प्रेमराज अधिकारीले सम्मान गरे ।
वडाध्यक्ष तिमिल्सिनाले पोखरा १६ को समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । उनले गुफा पोखराको पर्यटकीय गहना भएकाले पोखरामा रहेका गुफाको थप विकासका लागि दुवै सरकारसँग आवाज उठाउने उल्लेख गरे ।
संस्थाका अध्यक्ष अनिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली। राजकुमारी बानियाँ, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति संयोजक गुरूदत्त भट्टराई, विकास उपसमितिका पूर्व संयोजक सुवासबाबु अधिकारी, संस्थाका संस्थापक अध्यक्ष गोविन्दबहादुर बबस्नेत, पूर्व अध्यक्ष केशवबहादुर बस्नेत, सदस्य विजय सापकोटा, उपाध्यक्ष एकराज नेपाली लगायतले गुफा क्षेत्रको विकासका लागि नव निर्वाचित जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया