३५ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ जेठ २६ गते ११:५०

पोखरा ।
पोखराको रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर, आइसिएफसी फाइनान्स र लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको संयुक्त आयोजनामा बुधबार भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ ।
पोखरामा रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनेर आफूहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान आयोजना गरेको आयोजक संस्थाहरुले जनाएका छन् । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले पहिलो रक्तदाता कृष्णप्रसाद तिवारीलाई बल्ड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । योसँगै तिवारीले ६४ औं पटक रक्तदान गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया