जिसस लमजुङ उपप्रमुखमा एमालेकी रिमाल निर्विरोध
समाधान संवाददाता
२०७९ जेठ २६ गते १२:०७

पोखरा ।
जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा नेकपा एमालेकी बुनाकुमारी रिमाल निर्विरोध भएकी छन् । बेंसीसहर नगरपालिका ७ की रिमाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्विरोध बनेकी हुन् ।
मंगलबार मनोनयन दर्ता भएकोमा रिमालले मात्र उपप्रमुखमा उमेदवारी दर्ता गराइन् । उनले विद्यार्थी कालदेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा रहेर राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् । उनी नेकपा एमाले बेंसीसहर नगर कमिटीका उपसचिव, अखिल नेपाल महिला संघको जिल्ला कमिटी उपाध्यक्ष भएर गरेकी थिइन् ।
उनी गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बेंसीसहर नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसलगत्तै बेंसीसहर नगरपालिका कार्यपालिका सदस्यमा निर्विरोध बनेकी थिइन् । उनी निर्विरोध भए पनि औपचारिक घोषणा हुन बाँकी छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया