पर्वतमा गोलाप्रथा गर्दा जिल्ला समन्वय समिति प्रमुख एमालेलाई
समाधान संवाददाता
२०७९ जेठ २७ गते ११:५९

कुश्मा ।
जिल्ला समन्वय समिति गठन गर्न पर्वतमा सत्ता गठबन्धन र नेकपा(एमाले) गोलाप्रथाबाट प्रमुख, उप्रमुख लिने सहमति भएको छ । सहमतिअनुसार गोलाप्रथा गर्दा प्रमुख नेकपा(एमाले)को भागमा परेको छ । उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ ।
जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको हो । प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ ।
एमालेबाट प्रमुखमा बिष्णुराम विक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी छ । एमालेले ३ सदस्य र गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति पनि भएको छ ।
सम्बन्धित







पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया