सित्तैमा कम्प्युटर तालिम
समाधान संवाददाता
२०७९ जेठ २८ गते १४:१३

पोखरा । पोखरामा रहेका बिभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि निशुल्क कम्प्युटर तालिम सुरु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पोखरा महानगर कमिटीले ४५ दिने निशुल्क तालिम बिहिबारबाट सुरु भएको जनाएको छ ।
कार्यक्रम संयोजक दिप्सन गुरुङले तालिममा २५ विद्यार्थीको सहभागिता रहेको बताए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका वनस्पति पिभागका उपप्रध्यापक कल्याण पन्त, क्यान कास्की निर्वतमान अध्यक्ष युवराज पौडेल र प्राज्ञिक विद्यार्थी परिषद् गण्डकी उपाध्यक्ष दीपक रेग्मीले तालिमको महत्वबारे बोलेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद्का सदस्य जीवन नेपाली र डिल्लीराम ढकालले तालिममा प्रशिक्षण दिएका छन् ।
सम्बन्धित








इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया