बन्दीपुरमा चितुवाको आक्रमणले २ जना घाइते

दमौली ।
नरभक्षी चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिकामा २ जना घाइते भएका छन् । शनिबार साँझ सो गाउँपालिकाको वडा ४ को एक बालिकालाई घाइते बनाएको थियो । आइतबार बिहान वडा १ को बाघदलेमा बस्ने वर्ष ३४ को हिमलाल गरन्जामगर आफ्नै घरको पिँढीमा सुतिरहेको अवस्थामा आक्रमण गरी चिथोरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।
घाइते बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारस्थित मोती हेल्थ क्लिनिकमा उपचार गरी आइतबार बिहान १० बजे डिस्चार्ज गरिएको उनले जानकारी दिए । यसअघि चितुवाले बन्दीपुर गाउँपालिका–४ टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई शनिबार साँझ ८ः३० बजे आक्रमणबाट घाइते बनाएको थियो । घाइते बालिकाको पनि मोती हेल्थ क्लिनिक उपचारपछि आइतबार बिहान ९ः २० बजे डिस्चार्ज गरी घर पठाइएको छ ।
घरमुनि बाँसको झ्याङमा लुकेर बसेको चितुवाले आक्रमण गरिएको प्रनाउ खड्काले जानकारी दिए । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवाबाट प्रभावित बस्ती नजिकै चितुवाको पासो थापिएको छ । डिभिजन वन कार्यालयले आइतबार एक सूचना जारी गरी बालबालिकालाई एक्लैएक्लै नछाड्न, घर वरिपरिको झाडी फाँड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । चितुवाबाट जोगिन साँझ तथा राती घर तथा गोठ उज्यालो राख्न, घरगोठ बलियो पार्न कार्यालयले आग्रह गरेको छ ।
वनका मृग, वन कुखुरा लगायतको वन्यजन्तृुको मानिसले शिकार गर्दा वनमा शिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्नेहुनाले वन्यजन्तु मार्नेलाई पक्राउ गर्न सहयोग गर्न सो कार्यालयले अनुरोध गरेको छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया