चिल्ड्रेन-नेपालको स्वास्थ्य परिक्षण शिविर सम्पन्न

समाधान संवाददाता २०७९ जेठ २९ गते १६:५५

पोखरा ।
चिल्ड्रेन –नेपालको आयोजना तथा फेवा सिटि हस्पिटल पोखराको प्राबिधिक सहयोगमा १ दिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । चिल्ड्रेन –नेपालले पोखरामहानगरपालिका भित्र बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरु, तिनका अभिभाबकहरु, र संस्थाका कर्मचारीहरु गरी २१० जनाले उक्त शिबिरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

Advertisement

शिविरमा बाल रोग, महिला तथा स्त्री रोग, नाक कान घाटी,रोग सर्जन र मुटु रोग सम्बन्धि डाक्टरहरु बाट रोगहरुको परिक्षण गरिएको थियो । परिक्षणमा फेवा सिटि हस्पिटलका महिला तथा स्त्री रोग बिशेषज्ञ डा.चण्डिका पण्डित र डा. पुजा न्यौपाने,बाल रोग बिशेषज्ञ डा. हुम प्रसाद न्योपाने, कन्सल्टेन्ट सर्जन डा. भोजराज न्यौपाने,मुटु रोग बिशेषज्ञ डा.बिश्वराज बराल, नाक कान घाटी रोग बिशेषज्ञ डा तुलीका दुबे ले १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गरेका थिए ।

परिक्षण कार्यमा फेवा सिटि हस्पिटलका मेट्रोन शारदा पराजुली, नर्सहरु क्रमसःसगुन शाही,रोशनी कार्की र बिनिता बरालले स्वास्थ्य परिक्षणमा सहयोग गरेकि थिइन् । हस्पिटलको तर्फबाट लेखा प्रमुख टंक पौडेल, सहायक प्रबन्धक नारायण आचार्य, इमरजेन्सि इन्चार्ज आकास गौतमले स्वास्थ्य परिक्षण शिविर व्यबस्थापनमा सहयोग गर्नु भएको थियो । शिविरमा बिरामीहरुलाई औषधी समेत निःशुल्क वितरण गरिएको कुरा संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले जानकारी गराए उक्त कामलाई शान्ति परियार,मनिषा पौडेल,शान्ता बस्नेत र बिण्णु पोख्रेलले सहयोग गरेका थिए ।

स्वस्थ्य परिक्षण सम्पन्न पश्चात समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शान्त पौडेलले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि फेवा सिटि हस्पिटलका अध्यक्ष एबम महिला तथा स्त्री रोग बिशेषज्ञ डा.चण्डिका पण्डित थिए । डा पण्डितले फेबा सिटि हस्पिटल र चिल्ड्रेन नेपालका बिच बिगतको अनुभबको स्मरण गर्दै संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा संस्थासंग सहकार्य र समन्वय गर्दै जाने कुरामा जोड दिएका थिए । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले स्वास्थ्य परिक्षण शिविर गर्नुको उद्धेश्य प्रष्ट पार्दै चिल्ड्रेन नेपाल र फेवा सिटि हस्पिटल बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उदेश्य हासिल गरेको स्पष्ट पारेका थिए ।

यो महत्वपुर्ण सहयोग र समयको लागी फेवा सिटि हस्पिटल प्रा लि को सम्पुर्ण टिमलाई धन्यबाद दिएका थिए । संस्थाका अध्यक्ष शान्त पौडेलले स्वस्थ्य जस्तो संम्बेदनशिल बिषयमा फेवा सिटि हस्पिटल पोखराले प्राबिधिक सहयोग उपलब्ध गराई कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन गरेकाे सहयोगको चिल्ड्रेन नेपालले उच्च सम्मान गर्दै हस्पिटलको उत्तरोत्तर प्रगतीको कामना भएको थियो । कार्यक्रमको संचालन चिल्ड्रेन –नेपालका सह संयोजक रमेश सुबेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया